सुनको मूल्य तोलामा १४०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा भइरहेको छ। यसअघि सोमबार प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको महासंघले जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment