४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक शुरु हुन सकेन
काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार ४ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए। तर, यो समाचार तयार पार्दासम्म बैठक शुरु भएको छैन। एमालेको विवाद समाधानका लागि कार्यदलमा सहमतिको प्रयास भइरहेका बेला अध्यक्ष ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन्। यसरी बैठक बोलाइएपछि आइतबार सहमति हुने भनिए पनि सहमति टाढिएको संकेत देखिएको छ।
शनिबार कार्यदलका ओली तर्फका संयोजक सुवास नेम्वाङले आइतबार बिहान सुखद् समाचार आउने बताएका थिए। तर, आइतबार अहिलेसम्म कार्यदलको बैठक बस्न सकेको छैन। कार्यदलको बैठक नै बस्न नसकेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमा फैसला आउनु अघि नै एमालेको विवाद समाधान गर्ने तयारी भए पनि अब त्यसो हुने सम्भावना टरेको छ। सोमबार सर्वोच्चले सो रिटमाथि फैसला सुनाउँदै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment