आजको दैनिक राशिफल: तपाईँको दिन कस्तो रहनेछ?

डिसी नेपाल
१२ साउन २०८३ ६:१७
  • मेष (Aries): दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ। मित्र बढ्नेछन्। परिवारमा मेलमिलाप हुने योग छ।

  • वृष (Taurus): दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। बोलीमा सतर्कता अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। एक्लोपन महसुस हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। मनमा चिन्ता बढ्नेछ।

  • मिथुन (Gemini): दिन राम्रो छ। सोचेको काम बन्नेछ। आज पश्चिमको दुईपाङ्गे यात्रामा नजानु होला। इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्नु उपयुक्त हुन्छ।

  • कर्कट (Cancer): दिन सामान्य छ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ। राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ।

  • सिंह (Leo): दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। प्रशंसा गर्ने बढ्नेछन्। स्वदेशमै विकल्प देखिनेछ।

  • कन्या (Virgo): दिन राम्रो छ। आज दीर्घकालीन योजना बन्नेछन्। ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ। तर स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ।

  • तुला (Libra): दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता कायम गर्न सके काम बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन छ।

  • वृश्चिक (Scorpio): दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

  • धनु (Sagittarius): दिन राम्रो छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ।

  • मकर (Capricorn): दिन सामान्य छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरु बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ।

  • कुम्भ (Aquarius): दिन राम्रो छ। आज यात्रामा समय वित्नेछ। शिक्षामा लाभ मिल्नेछ। परिवारभन्दा बाहिरबाट साथ मिल्नेछ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ।

  • मीन (Pisces): दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *