विपद्का कारण जेठ ३० यता ५९ जनाको निधन

डिसी नेपाल
२८ असार २०७८ २१:०३
16
Shares

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच\पाँच, डोटी, पाल्पा र गोरखाका चार\चार, रोल्पा, दाङ, दार्चुलाका तीन\तीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुई÷दुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक\एकजना छन् ।

पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । अन्य २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन् ।

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा ६०० विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.