महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
३१ असार २०७८ ९:४५
76
Shares

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ। साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो।

बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो।

नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *