भेरोसेलको पहिलो मात्राको खोप लगाउन सर्वसाधारणको लाइन (फोटोफिटर)
काठमाडौं। कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलोमात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ। काठमाडौंलगायत देशका विभिन्न केन्द्रहरुबाट पहिलोमात्राको ५५ वर्ष माथिका नागरिकलाई लगाउन थालिएको हो।

मंगलबारदेखि भेरोसेल खोपलाई ५५ वर्ष माथिका नागरिकलाई लगाउने र जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको हो।

भेरोसेलको पहिलोमात्रा लगाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मेडिकल कलेज, स्तुपा सामुदायिक अस्पताल र शंखरापुर अस्पतालमा विहानैदेखि मानिसहरु हातमा परिचयपत्र खुल्ने कार्डसहित लाईनमा बस्दै आएका छन्। सरकारले चीनबाट ल्याएको भेरोसेलको पहिलोमात्रा लगाउन थालेको हो। बौद्धमा बस्दै आएका ५० वर्षीया माया तामाङ पहिलोमात्राको खोप लागाउन बिहान ७ बजेदेखि लाइनमा उभिरहेको बताइन्।

उनले भनिन्, ‘खोप लगाउन आउन पनि डर लाग्ने मान्छेहरुको भिड न भौतिक दुरी छ, खोप लगाउन लाइन बस्दा बस्दै कोरोना लाग्ने हो कि भने डर छ। कोरोनाको खोप मनपरी लगाइने रहेछ हामी बिहानदेखि लाइनमा बस्दा खुट्टा दुख्दा पनि पालो आउन समय लाग्ने त्यसमाथि पनि अस्पतालको कमाचारीहरुले मिलेर आफ्नो मान्छे छिराएर हामीलाई दुःख भोग्नु परेको छ।’

भेरोसेल खोप ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लाउन बाँकी नागरीकलाई लगाइने भएको छ।













No ads found for this position


Facebook Comment