माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले आजै विश्वासको मत लिने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासका मत लिने भएका छन्। दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
प्रमुख प्रतिपक्ष दल नेकपका एमालेभित्रको विवाद समाधान हुने क्रममा रहेको तथा एमाले एक भएपछि विश्वासको मत पाउन गाह्रो हुने निष्कर्ष निकालेका देउवालाई माधव नेपाल समूले विश्वासको मत दिने आश्वासन दिएपछि प्रतिनिधिसभाको पहिलो बैठक मै विश्वासको मत लिने तयारी गरेका हुन्।
विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर विश्वासको मत लिने विषयमा छलफल गरेका थिए।
सो छलफलमा नेपाल संसद जोगाउन देउवालाई विश्वासको मत दिन सहमत भएको स्रोतले जनाएको छ।
तर नेपालको पार्टी एमालेले भने देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment