मध्यपूर्वमा तनाव बढेपछि नेतन्याहु वासिङ्टन प्रस्थान
जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगच मङ्गलबार हुने भेटवार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री नेतन्याहु तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको साटो दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम सैन्य हवाई अड्डाबाट वासिङ्टनतर्फ प्रस्थान गरेको इजरायलको सरकारी कान टिभी न्युज र अन्य स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेतन्याहुले आफूले ट्रम्पसँग इरानको मुद्दा, इजरायलको सुरक्षा र इजरायलको शान्तिको घेरा विस्तार गर्ने प्रयासका बारेमा छलफल गर्ने बताएका थिए।
इजरायलको च्यानल १२ न्यूजका अनुसार नेतान्याहूले ट्रम्पलाई आणविक बमको दिशामा इरानको प्रगतिको बारेमा अद्यावधिक गोप्य जानकारी प्रस्तुत गर्ने, दक्षिणी लेबनान र सिरियाबाट इजरायलको फिर्तीको अमेरिकी मागको विरोध व्यक्त गर्ने र अमेरिकी राष्ट्रपतिलाई टर्कीलाई हतियार प्रणाली र एफ–३५ जेट नबेच्न आग्रह गर्ने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा
No ads found for this position


डिसी नेपाल
Facebook Comment