सरकारी टोलीसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीद्वारा अनसन अन्त्य
काठमाडौं । धनगढीमा बिहीबारदेखि अनसनरत डा. गोविन्द केसीले सरकारी पक्षसँग ७ बुँदे सहमति भएसँगै आफ्नो अनसन तोडेका छन्।
डा. केसीका मागहरूबारे वार्ता गर्न शनिबार काठमाडौंबाट सरकारी टोली धनगढी पुगेको थियो। टोलीसँग भएको सहमतिपश्चात् डा. केसीले सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवाका रूपमा रहेका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। बाजुराको गौमुल गाउँपालिका–२ का धामी सोही अस्पतालमा उपचाररत ८ वर्षीय बिरामी सुदीप कोइरालाका भिनाजु हुन्।
सरकारी वार्ता टोली र डा. केसी पक्षबीच भएको ७ बुँदे सहमतिमा कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने बुँदा प्रमुख रूपमा समावेश छ।
सहमतिपत्रका अन्य बुँदाहरूमा स्वास्थ्य सेवामा सुधार, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन तथा सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको पहुँच विस्तार गर्ने विषयहरू उल्लेख गरिएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment