विधान पारित गर्न जसपा यादव समूहको बैठक बस्दै

डिसी नेपाल
५ साउन २०७८ १२:०२
352
Shares

काठमाडौं। जनता समाजवादी दल उपेन्द्र यादव समूहको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक दिउसो १२ बजे पार्टी कार्यलय बालकुमारीमा बस्न लागेको उपेन्द्र यादव निकट सांसद प्रदिप यादवले जानकारी दिए।

बैठक पार्टीको विधान पारित गर्ने लगाएतका समसायिक विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।

३२ सांसद रहेकाे जसपामा प्रधानमन्त्री शेर बहादुर देउवालाइ विश्वासकाे मत दिने बेला २० सांसद यादव समूहका रहेका थिए।

पार्टीकाे अाधिकारिकताकाे विषयमा निवार्चन अायाेगमा सुनुवाइ भइरहँदा यादव समूह केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *