काँग्रेस क्रियाशील सदस्यको विवाद निरुपणका लागि छानविन समितिलाई २४ घण्टाको समय
काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील छानबनि समितिले विवाद यथावत राखेर प्रतिवेदन बुझाएपछि काँग्रेस पदाधिकारीको बैठकले बाँकी विवाद समाधान गर्न पनि छानबिन समितिलाई निर्देशन दिएको छ।
बाँकी रहेका विवादलाई पनि समाधान गर्न छानबिन समितिलाई एक दिनको समय दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले समितिका संयोजक रमेश लेखकले मंगलबार प्रतिवेदन बुझाए पनि बारा, सप्तरी, धनुषा, सर्लाहीलगायतको विवाद यथावत रहेकाले ती विषय पनि टुंगोमा लगाउन समितिलाई एक दिनको समय दिइएको जानकारी दिए।
छानबिन समितिले फेरि थप प्रतिवेदन दिएपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर क्रियाशील सदस्यताको विषय टुंग्याइने उनले जानकारी दिए। काँग्रेसका ४ लाख नयाँ क्रियाशील सदस्य थपिएका छन् भने पुरा पनि४ लाख सदस्यले सदस्यता नवीकरण गरेका छन्। काँग्रेस क्रियाशील सदस्यतको संख्या ८ लाख ५२ हजार पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment