लुम्बिनी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि दावी पेस गर्न आव्हान

डिसी नेपाल
२७ साउन २०७८ १७:०२
184
Shares

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दावी पेस गर्नआव्हान गरेका छन् ।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेलले आजै राजीनामा दिएका थिए। मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.