एमाले नेताकाे प्रश्न : इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाउने देउवाले याे पटक किन मन्त्रिपरिषद बिस्तार गर्न सकेनन्?

डिसी नेपाल
२९ साउन २०७८ १२:११
528
Shares

काठमाडौं। नेकपा एमालेको नेता विष्णु रिजालले परमादेशाट शेरबादुर देउवा प्रधानमन्त्रमा नियुक्त भएको आज एक महिना पूरा हुँदासमेत मन्त्रिपरिषद र आफ्नो सचिवालय बनाउन किन नसकेको भन्दै प्रश्न गरेका छन्।

रिजालले पाँर्चौं पटक प्रधानमन्त्री भएका देउवा काम गर्न नसक्ने नेता त होइन भन्दै उनले लेखेका छन्–परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको आज एक महिना पुगेछ । पॉचौं पटक प्रधानमन्त्री हुनुभएका देउवा ‘काम गर्न’ नसक्ने नेता त होइन। मानिसका जीवित वा मृत टाउकाको ५० औं लाख मूल्य तोक्नदेखि इतिहासमै जम्बो (४८ सदस्यीय) मन्त्रिपरिषद् बनाउने र अरुका अनि आफ्नै समेत पार्टी फुटाएरै भए पनि सरकार बनाउन सक्षम नै हो । तर, यसपटक चाहिँ एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् र आफ्नो सचिवालय बनाउनबाट उहॉलाई केले रोकेको होला? जिज्ञासा?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.