राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछः पशुपति शम्शेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।
‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापना कालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले भने ।
बीच समयमा आन्तरिक विवादका कारण सो उद्देश्य पूरा गर्न नसके पनि, एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
काठमाडौं जिल्ला, क्षेत्र नं ५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राणाले, महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
‘पार्टी एकता पछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ,’ राणाले भने ।
त्यसैले संगठन निर्माण गर्न र जनतामाझ जान कुनै कसर बाँकि राख्न नहुने उनको भनाइ थियो । सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेका थिए ।
करिव दुइतिहाई बहुमत प्राप्त कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहस नहस बनायो, अध्यक्ष राणाले भने । अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुने आशा संचार गर्न सकेको छैन, उनले भने ।
एक महिना वितिसक्दा पनि सरकार विस्तार नसकि, पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको उनको भनाइ थियो ।







डिसी नेपाल








Facebook Comment