१ करोड ३ लाख ९७ हजार बिगोसहित प्रहरी पेट्रोल पम्पमा कार्यरत असईविरुद्ध मुद्दा दर्ता

डिसी नेपाल
३१ साउन २०७८ १८:५७
904
Shares

काठमाडौं । प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पमा हिनामिना भएको ठहरसहित त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई)विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरभएको छ ।

नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध १ करोड ३ लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले सो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

असई कार्कीले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य भएकोले उनलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय हुने तथा हानिनोक्सानी गरेको उक्त बिगो भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुने मागदाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.