इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा
रोम। इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको उच्चतम सतर्कता तहमा राख्ने भएको छ। देशलाई नयाँ गर्मीको लहरले ग्रस्त बनाएपछि अधिकारीहरूले शनिबार यो घोषणा गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इटालीको तापक्रम ३० डिग्री सेल्सियसको उच्च स्तरसम्म पुग्ने पूर्वानुमान छ।
देशका २७ प्रमुख शहरमध्ये दुईवटा मात्र इटालीको ‘बुट’ र दक्षिणी छेउमा रहेको रेजियो क्यालाब्रिया र सिसिली जाने बाटोमा पने यसको सामुन्ने रहेको मेसिना उच्चतम गर्मीका लागि सतर्कताको चेतावनीको जोखिममा राखिएका छैनन्।
गत हप्ताको सुरुमा पश्चिमी युरोपलाई छोएको यस यामको नयाँ गर्मीको लहरले मध्य युरोपलाई अत्यधिक तातोको प्रभावमा पारेको थियो र शनिबारदेखि यो इटालीमा पनि प्रवेश गर्न थालेको छ।
अधिकारीहरूका अनुसार रोम, मिलान र अन्य १७ शहरहरूलाई शनिबार नै गर्मीको उच्चतम सतर्कतामा राखिएको छ। स्वास्थ्य मन्त्रालयले भनेको छ, “गर्मीको उच्चतम सतर्कता तहको अर्थ मौसमले ‘स्वस्थ र सक्रिय व्यक्ति’ हरूको स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्ने सम्भावना छ। यो केवल जोखिममा रहेका वृद्धवृद्धा, धेरै साना बालबालिका र दीर्घरोगीहरूजस्ता समूहहरूमा मात्र सीमित छैन।” रासस/एएफपी
No ads found for this position

डिसी नेपाल
Facebook Comment