कोरोनाको ग्राफ बढ्दो, जनचेतना घट्दाे (फोटोफिचर)

फुर्पा शेर्पा
१ भदौ २०७८ ९:३५

काठमाडौं। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अघिल्ला दिनमा तीन हजारको हाराहारीमा रहेको संक्रमितको संख्या आइतबार २ हजार नाघेको छ। काठमाडौं उपत्यकासहित मुकुकका अस्पताल संक्रमितले भरिन थालेका छन्।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपनि कोरोनाप्रतिको हेलचेक्र्याँइ बढेको छ। सार्वजनिक स्थानमा विना मास्क हिँड्नेको संख्या र भिड बढिरहेको छ।

सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या बढेको विज्ञहरुले बताइरहेका बेला सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन।

बौद्धमा बस्दै आएका हिरा तामाङले भनिन्, ‘सरकारले राति ८ बजे पछि सवारी साधन चलाउन प्रतिवध लगाएको छ। के कोरोना राति ८ बजे पछि आउँछु भनेको छ हो? हामी जनता पनि त्यस्तै छौं र सरकारले पनि कोरोना संक्रमण फैलिन्न नदिन उपयोगी सवधानहरु लागू गर्न सकेन।’

जनतालाई फेरि लकडाउन हुने हो कि भन्ने पनि डर छ जसका कारण अहिले बजारमा भिडभाड बढे्को उनको भनाइ छ। लामो समय घर भित्रै बस्न बाध्य भएका कारण पनि यसरी बजारमा या कुनै स्थान तिर जान्न थालेका छन्।

उनका अनुसार घर भित्रै बस्दा तनाव मात्र बढ्छ, न काम छ, त्यसैले एसो बाहिर साथीभाइसँग मन पनि भुल्ने गरेको छ। बढी भिड हुने ठाउँहरुमा कसरी कम गर्न सकिन्छ भने बारे चासो लिएर सरकारले व्यवस्थापन गर्न पर्यो जनतालाई मात्र दोष दिएर हुने कोरोनाको संक्रमणको दर कम नहुने उनले बताइन्।

चावहिलमा बस्दै आएका हरि श्रेष्ठले भने, ‘जनता बजार तिर गए भिडभाड भयो रे तर ठूला ठूला नेताहरुले सभा सभेलन गर्दा भिड नहुने कस्तो अचमा हाम्रो देश।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *