राप्रपाका अध्यक्ष थापाले छोडे निर्वाचन संयोजकको जिम्मेवारी

डिसी नेपाल
५ भदौ २०७८ १०:४१
532
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएको जानकारी दिएका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले जिम्मेवारी छोडेको जानकारी दिएका हुन्।

ट्वीटरमा थापाले लेखेका छन्, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।’

उनले अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *