करिब तीन सय बीस किलो गाँजासहित एक जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्का लागेर कुखुरा फार्ममा अवैध लागुऔषध भए÷नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो।
साथै प्रहरीले बाप्र०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment