क्रियाशीलमा अनियमितता गरेको कांग्रेस जिल्ला सभापतिहरूको आरोप
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यही भदौ ७ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक नगरे ८ गतेबाट केन्द्रीय कार्यालयमा आन्दोलनमा उत्रिन चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूले बैठक गरी क्रियाशील सदस्यतामा अनियमितता र ढाकछोप भएको भन्दै ७ गतेभित्र क्रियाशील सदस्यता सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनीहरूले पार्टी संस्थापनले क्रियाशीलमा अनियमितता गरेको गम्भीर आरोप समेत लगाएका छन् ।
बैठकले प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गर्न माग गरेको छ ।
यस्तै सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्न पनि माग गरेका छन् ।







डिसी नेपाल








Facebook Comment