‘गाईजात्रा जीवको परम मुक्तिको सामूहिक पर्व हो’

डिसी नेपाल
७ भदौ २०७८ १२:५७
56
Shares

काठमाडौं । एकजना महिलाको छोराको मृत्यु हुन्छ। उनले आफ्नो छोरालाई उठाइदिन सबैलाई आग्रह गर्छिन। गाउँघरका जान्ने बुझ्ने मान्छेले बुद्धको शरणमा पठाउँछन्। बुद्धले ती महिलालाई मान्छे नमरेको घरबाट ल्याएको एकमुठि सर्स्यँले उनको छोरालाई उठाउन सक्ने बचन दिन्छन्। ती महिला आफ्नो छोरालाई उठाउने अपेक्षा गर्दै मान्छे नमरेको घरमा सर्स्युँ लिनका लागि भौँतारिन्छिन्। अन्ततः सबैको घरमा मान्छे मरेको थाहा पाएपछि उनी शान्त हुन्छन्। र, छोराको उठ्ने अपेक्षामा पूर्णविराम लगाउँछिन्।

प्रताप मल्लले पनि आफ्नो छोराको वियोगमा रहेकी रानीलाई सान्त्वना दिनका लागि मान्छे मरेको घरबाट गाई बनाएर ल्याउ भन्ने आदेश दिएका थिए। दरबारमा धेरै गाई जम्मा भएपछि तिम्रो मात्र छोरा मरेका छैनन्। संसारमा सबैको घरबाट सबै मरेका छन् भन्दै रानीलाई सान्त्वना दिए।

यस्तै भक्तपुरका राजा जगतज्योति मल्लले आफूप्रतिको नागरिकको धारणा थाहा पाउनका लागि मुकुण्डो लगाएर बोल्न लगाए। जनमत थाहा पाउनका लागि यसो गर्ने परम्परा बसालेपछि आफूलाई जनताको भावना अनुरुप ढाल्न सजिलो हुने गर्थ्यो। यसरी गाईजात्राको दिनमा वाक स्वतन्त्रताको प्रतीकको रुपमा यो पर्व विकास हुँदै आएको छ।

ब्रह्म भनेको शून्यता हो। शून्यतामा शून्य स्वरुप लिएर आएको जुन परम तत्व हो त्यो ब्रह्म हो। मानव जगतको श्रृष्टि पनि शून्यताबाट भएको छ र शून्यतामै गएर मिल्छ। त्यही शून्यता प्राप्त गर्नुलाई परमआनन्द भनेको छ। त्यसैले गाईजात्रा भनेको परब्रह्म परमेश्वरमा लीन गराएर परमानन्द प्राप्त गराउने पर्व हो।

भन्न त प्रताप मल्लले नै रानीलाई खुसी पार्नका लागि बाङ्गो टिङ्गो बोल्न लगाएको, त्यहाँबाट व्यङ्ग्यको सुरुवात भएको भन्ने चलन भए पनि गाईजात्राको वास्तविक अर्थलाई जनमानसका माझ ल्याइएन। अहिले पनि राजाहरुले आफ्नो अनुकूल बनाएको परम्परालाई नै गाईजात्राको रुपमा मनाउँदै आइएको छ। वास्तवमा यो गाईजात्रा संस्कृति होइन विकृति हो।

अहिले त गाईजात्रा भनेको जहाँ भाँडभैलो भयो त्यही हो। कहीँ केही काम भएन। त्यो भाँडियो भने त्यो गाईजात्रा भयो। हाँसो ठट्टाको विषय गाईजात्रा बन्यो। तर, वास्तवमा गाईजात्रा भनेको जीवको परम मुक्तिको सामूहिक पर्व हो। जीवको परम मुक्तिको सामूहिक पर्व किन भयो होला? त्यसको वास्तविकता थाहा पाउन गार्ईको अर्थ थाहा हुन जरुरी छ।

हामीले बुझ्ने गार्ई चार खुट्टा भएको, सिङ र पुच्छर भएको, दुधदिने जनावर हो। गार्ईको लाक्षणिक अर्थ ‘सर्वोपनिषदो गावो’ अर्थात सबै उपनिषद गार्ई हुन भनेको छ। गार्ई भनेको त उपनिषद् रहेछ। उपनिषद् भनेको के हो भन्ने कुरा पनि बुझ्नु पर्छ। उपनिषद भनेको वेदको निचोड हो। वेद के हो त? वेद भनेको सत्यज्ञान हो। वेद अनादि हो अनन्त हो र ब्रह्म हो।

ब्रह्म भनेको शून्यता हो। शून्यतामा शून्य स्वरुप लिएर आएको जुन परम तत्व हो त्यो ब्रह्म हो। मानव जगतको श्रृष्टि पनि शून्यताबाट भएको छ र शून्यतामै गएर मिल्छ। त्यही शून्यता प्राप्त गर्नुलाई परमआनन्द भनेको छ। त्यसैले गाईजात्रा भनेको परब्रह्म परमेश्वरमा लीन गराएर परमानन्द प्राप्त गराउने पर्व हो।

सबैले वेदान्त बुझ्न सक्दैन। त्यसैले ज्ञानीहरुहरुले गर्ने निर्गुन निरंकार उपसाना त कसैले बुझ्दैन। सर्वसाधारणले बुझ्ने त साकार उपसाना हो। त्यसकारणले गार्ई बनाउ, यस्तो जात्रा निकाल, यो गर, त्यो गर, अनि दिवंगत आत्माको मुक्ति हुन्छ भनेर नेपालमण्डलका धर्मशास्त्रीहरुले, ज्योतिषीहरुले, तान्त्रिकहरुले विकास गरेका हुन्।

गाईजात्राको इतिहासमा पनि विवाद छ। हुन त प्रताप मल्लको पालामा सुरुवात भएको हो भनेर भनिएता पनि गोपालवंशमा जयस्थिति मल्लको वर्णन गर्दाखेरी त्यहाँ सापारु भनेको पाइन्छ। साः भनेको गार्ई, पारु भनेको प्रतिपदा। भाद्र कृष्ण प्रतिपदा पनि यसैको अर्थ हो। त्यो कुरालाई हेर्दा प्रताप मल्ल भन्दा पनि पहिलेदेखि नै गाईजात्राको सुरुवात भएको हो भन्न सकिन्छ।

अहिलेको गाईजात्रा नेपाल मण्डलमा विकसित भएको संस्कृति हो भन्न मिल्छ। भाद्र कृष्ण प्रतिपदाको ठिक एक महिनापछि अश्विन कृष्ण प्रतिपदा आउँछ। त्यो बेलामा सोह्र श्राद्ध पनि सुरु हुन्छ। पितृहरुलाई एक महिना अगाडि नै सामूहिक श्राद्ध पनि भनेर बुझिन्छ।

(डा. गुरूङसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेकाे कुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.