मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, एमालेद्वारा प्रदेशसभा बहिस्कार (लाइभ)
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।
उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।
केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको थियो।
एमालेले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक बहिस्कार गर्ने बताएको छ ।
लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सदस्य छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।







डिसी नेपाल








Facebook Comment