एमालेमा ठूलो पहिरो नजाने सङ्केत
नेकपा एमाले पार्टीलाई विभाजित हुनबाट रोक्न पार्टीभित्रका दोस्रो पुस्ताका नेताहरुले सोमबार गरेको अन्तिम प्रयासबाट एमालेमा ठूलो पहिरो नजाने सङ्केत देखिएको छ । माधवकुमार नेपाललाई अन्तिमसम्म साथदिने भनेर चिनिएका नौजना दोस्रो पुस्ताका नेताहरु बालकोट पुगेर केपी ओलीसँग राखेको प्रस्तावमा सकारात्मक उत्तर आएकोले यस्तो स्थिति देखिएको हो ।
दोस्रो पुस्ताका नेताको अन्तिम प्रयासलाई भाँजोहाल्न माधवकुमार नेपालको हिजोआजका परममित्र प्रचण्डले कुनै चाल नचलेमा एमालेमा पहिरो जादैन । तर, प्रचण्डले नयाँ अफर दिएर भएपनि माधवकुमार नेपाललाई कुनैपनि हालतमा ओलीसँग मिल्न दिदैनन् भन्ने तर्कका समर्थकहरु पनि उत्तिकै छन् । ओली बाहेकको बामपन्थी पार्टीहरुबीच बृहत एकता गर्ने र त्यसको नेतृत्व तपाईलाई नै भनेर नेपाललाई फकाउन सक्ने देखिन्छ ।
गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भन्ने ललिपप दिएर माछामाछा भ्यागुतो बनाएका प्रचण्डको चालवाजी राम्रोसँग बुझेका माधवकुमार नेपाल कसैको उस्काहटमा अझैपनि लाग्ने हुन कि आफ्नो घरमै मिलिजुली बस्ने हुन भन्ने कुरा भाद्र ९ गतेसम्ममा स्पष्ट हुनेछ ।
वि.सं. २००६ साल बैशाख १० गते कलकत्तामा नेपाली बामपन्थीहरुले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी संगठन ७२ बर्षको बृद्ध भएको छ । यसबीच कम्युनिष्टका विभिन्न नाममा यो पार्टी चोइटिने र जुट्ने क्रम पटक पटक भएको घटनाक्रमले देखाएको छ । वि.सं. २०४६ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टी र नेकपा माले मिलेर नेकपा एमाले भएको थियो । जसको महासचिब मदन भण्डारी भएका थिए ।
मदन भण्डारीको हत्या लगतै वि.सं. २०५१ सालमा नेकपा एमालेका महासचिब बन्ने चिठ्ठा परेका बरीष्ठ नेता माधवकुमार नेपाल कम्मर कसेर पार्टी फुटाउन लागि परेका छन् । नेपालले आफ्नो अपमान भएको र ओलीले पार्टीलाई व्यक्तिवादी तरिकाले चलाएकोले जसरी भएपनि नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छन् ।
उनले आफ्नो पार्टीमा जो जो आउलान भनेर चिताएका थिए मूख्य मूख्य नेताहरुले साथ छोड्दै गएकाले कसले फर्किन भन्ला र फर्कौला भनेर कसैको अनुरोध पर्खेर बसेका छन् भन्ने पनि उनकै समर्थकहरुबाट सुनिएकोले एमालेको एकतालाई कायमै राख्न चाहने वडातह देखि केन्द्रीय तहसम्मका नेता कार्यकर्ताहरुको अनुरोध रहेकोले पनि माधवकुमार नेपाल स्वयं आफै फर्किन सक्ने अडकल दोस्रो पुस्ताका नेताले दावी गरिरहेका छन् । तर हुन्छ के त ? माधवकुमार नेपाल के भएभने फकिन्छन् ? भन्ने सुत्रको खोजी ओली पक्षले गरिरहेको छ ।
हुनत नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्ने भनेर निर्वाचन आयोगमा निवेदन दर्ता गराई सकेका छन् । पार्टी सकभर नफुटोस भनेर एमालेका दोस्रो पुस्ताका नेता कम्मर कसेर लागेका छन् । उनीहरु नेकपा एमालेले डाकेको स्थायी समितिको बैठकमा सहभागी हुने भएका छन् ।
केही ओली पक्षधरहरु भने जसरी भएपनि माधवकुमार नेपाललाई घरको न घाटको बनाएर राजनीतिक सुकुम्बासीकै रुपमा परिणत गर्ने अभियानमा लागेका छन् । त्यसैले जुन ठूलो पहिरो जान्छ भन्ने आंकलन गरिएको थियो । त्यति ठूलो पहिरो भने एमालेमा नजानै नै भएको छ । पार्टीमा स्थापित भएका अनुहारहरु मध्ये धेरैले माधवकुमार नेपालको साथ छोड्दै गएकाले भाद्र ९ गते सनाखत गर्न पनि २० नपुग्ने हो कि भन्ने चिन्ताले सोमबारदेखि उनलाई सताउन थालेको छ ।
आफ्नो संख्या घट्ने डरले सोमबारदेखि नै चन्द्रागिरीमा आवासिय भेला गराएर आफ्नो समर्थकहरुलाई एकै ठाउँमा लगेर राखेका छन् । नेपालले जनताको बहुदलिय जनवादको सट्टा जनताको बहुदलिय समाजवादको कुरा गरेर सिद्धान्त नै परिवर्तन गर्न खोजिरहेका छन् । चन्द्रागिरीमा गएर सबैलाई भाग्न नदिने रणनीति गर्नुले माधवकुमार नेपाल अब पछाडी हट्ने छैनन् भन्ने प्रष्ट छ । यति हुँदा पनि दोस्रो पुस्ता एमालेमा नै बस्ने भएपछि ठूलो पहिरो भने जाने छैन ।
हुनत नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्ने भनेर निर्वाचन आयोगमा निवेदन दर्ता गराई सकेका छन् । पार्टी सकभर नफुटोस भनेर एमालेका दोस्रो पुस्ताका नेता कम्मर कसेर लागेका छन् । उनीहरु नेकपा एमालेले डाकेको स्थायी समितिको बैठकमा सहभागी हुने भएका छन् ।
बालकोटको मर्म नै नेकपा एमाले भित्र १० बुँदे समझदारीलाई अक्षरस पालना गरेर आपसमा शक्ति सन्तुलन मिलाएर एक ढिक्का हुने र पार्टीलाई अगाडी बनाउने भन्ने छ । साथै व्यक्तिगत अधिकारभन्दा संस्थागत निर्णइ र विधि प्रक्रियालाई प्राथमिकता दिएर अघि बढ्न केपी ओली तयार भएको सङ्केत एमालेका यूवा नेता गोकर्ण विष्टले सञ्चार माध्यमलाई दिएका छन् ।
विष्टको भनाईलाई सापटी लिने हो भनेपनि उनीहरुले नत माधवकुमार नेपाललाई नत केपी ओलीलाई मान्ने भन्ने प्रष्ट छ । नौजनाको एउटै स्वर विधि र प्रक्रियालाई मान्ने भन्ने छ । तर यसको परीक्षण लगतै हुन लागेको स्थायी समितिको बैठकको रबैयाबाट प्रष्ट हुने नै छ ।
राजनीतिमा चाँसो लिनेहरुले भने केपी ओलीले व्यक्तिगत निर्णयको आफ्नो नानीदेखि लागेको बानी छोड्लान भन्ने विश्वास गरिरहेका छैनन् । स्वयं माधवकुमार नेपालले बालुवालाई जतिसुकै पेलेपनि तेल झर्दैन, केपी ओली पनि त्यस्तै हुन, बेकार छ कुरा गर्नु भनेर निराशा व्यक्त गर्दैछन् ।
यसो भनिरहँदा सोमबार केपीओलीबाट आश्वासन पाएर स्थायी कमिटीको बैठकमा भाग लिन तयार भएका अष्टलक्ष्मी शाक्य, यूवराज ज्ञावाली, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले स्थायी कमिटीमा सम्मान पाउँछन् त ? की उनीहरुले पार्टी सभापति ओली विरुद्ध पटक पटक सार्वजनिक रुपमा दिएको अभिव्यक्ति विरुद्ध ओली पक्षधरहरुको तर्फबाट हप्कीदप्की मात्र पाउने छन् ।
ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु अन्तिम पटक फाइनल गेम खेल्न ९ गते अगाडी नै भेला हुनेछन् नै, यसले उनीहरु मध्ये माधव कुमार नेपालले जसरी भएपनि फुट्ने रणनीति लिएका हुन वा साच्चिकै सम्मान पाइएमा मिल्ने हुन भन्ने कुरा बुधवार अवेर सम्ममा थाहा हुनेछ ।
भदौ ९ गते निर्वाचन आयोगले सनाखतका लागि आउन माधवकुमार नेपाल पक्षलाई भनेको र माधव कुमार नेपाल समेत १४ जना एमालेका सांसदहरुलाई कारवाही गर्न एमालेले गरेको सिफारिस सभामुखको टेबलमा थन्किएर बसेकोले त्यो भन्दा अगाडीनै नौजनाको पहलमा उक्त कारवाही फिर्ता ल्याउन अन्तिम कसरत मात्र गर्न खोजिएको हो कि भन्ने आशंका गरिएको छ ।
एमालेको सरकार ढाल्ने काममा सहयोगी भूमिकामा रहने यी नौ जना संसदहरुले गरेको मध्यमार्गी कुरालाई केपी ओलीले प्रधानमन्त्री पद् छोड्नु परेको पीडालाई कसरी सहन गर्न सक्दछन् । तर माधवकुमार नेपाल बाहेक अरु सबैलाई कारवाही नगर्ने भनेर पटक पटक बताइरहेका ओलीले दोस्रो पुस्ताले भनेका केही कुरा पक्कै मान्नेछन् । उनले पार्टीमा ठूलो पहिरो जान नदिने माधव नेपालको खेमा भनेर चिनिएका दोस्रो पुस्ताका नेताहरुलाई रिझाउन सकेभने माधवकुमार नेपाल पनि फर्किने दावी गरेका छन् ।
बालकोटको बैठकमा शुरुमा केपी ओली माधवकुमार नेपाल प्रति आक्रमक भएपनि विस्तारै केही माग लिएर गएकाहरुको कुरा सुनेको र पार्टीलाई एकढिक्का बनाउने पार्टी अध्यक्षको पद बाहेक अन्य सबै किसिमको संझौता गर्न तयार भएको सन्देश केपी ओलीले दिएका छन् । ओली निर्वाचित सभापति भएकाले अर्को निर्वाचनबाट मात्र हटाउन मिल्ने कुरा स्वभाविक हो । माधवकुमार नेपाल र रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष ओलीले त्याग्नुपर्ने कुरा बेलाबेलमा प्वाक्क बोलिदिंदा समझदारी गर्न समस्या भएको देखिन्छ ।
यति हुँदाहुँदै पनि बालकोटमा ओलीलाई भेटेरै नौ जनाले यस अघि १० जनाको समितिले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने र माधव नेपालसहित १४ नेतालाई संसद पदबाट कारबाही गरेको विषयलाई फिर्ता लिनु पर्ने अडान राखेका छन् । यो दुई कुरा गरिएमा माधव नेपालले पार्टी दर्ता नगरी सहमतिमा आउन बाध्य हुने दावी गरेका छन् ।
माधवकुमार नेपाललाई संसदहरु र केन्द्रिय सदस्य दुबैतिरबाट २० प्रतिशत पु¥याउन नदिने रणनीतिमा लागेका केपी ओलीले भदौ ९ गतेभित्र कारवाही फिर्ता लिने सम्भावना भने न्यून छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरि नै हालेभने त्यसपछि पार्टीलाई विलय गराउने गरी नयाँ अध्यायको विचार विमर्श शुरु गर्नभने ओली पक्ष तयार हुन सक्ने देखिन्छ ।
पत्रकार कनकमणी दिक्षितले सामाजिक सञ्जालमा लेखेको कुरालाई आधार मान्ने हो भने एमालेको विभाजन माधवकुमार नेपालले गरेको नभई यो चाल प्रचण्डको रहेको दावी गरेका छन् । हो, प्रचण्डलाई आफ्नो पार्टीबाट मन्त्री बनाउन पठाएकाहरुलाई फकाएर एमालेमा लगेको बदला लिनकै लागि एमालेलाई पनि फुटाई दिन्छु भनेर कम्मर कसेर लागेका छन् । माधव कुमार नेपालले यो कुरा बुझेको हुनु पर्दछ ।
प्रचण्ड र माधवकुमार नेपालको पार्टी एक हुने सम्भावना भएपनि जनमोर्चा र माओवादी पार्टी मिसिएर बनेको नेकपा माओवादी केन्द्रमा रहेका जनमोर्चाका नेताहरु नारायणकाजी श्रेष्ठ लगाएतले नेपाललाई मन पराउँदैनन् । उनीहरु नेपाललाई नेतामानेर अघि बढ्न तयार छैनन् । यसले पनि प्रचण्डलाई नयाँ समस्या थपिन्छ ।
प्रचण्ड र माधवकुमार नेपालको पार्टी एक हुने सम्भावना भएपनि जनमोर्चा र माओवादी पार्टी मिसिएर बनेको नेकपा माओवादी केन्द्रमा रहेका जनमोर्चाका नेताहरु नारायणकाजी श्रेष्ठ लगाएतले नेपाललाई मन पराउँदैनन् । उनीहरु नेपाललाई नेतामानेर अघि बढ्न तयार छैनन् । यसले पनि प्रचण्डलाई नयाँ समस्या थपिन्छ ।
अझ माधवकुमार नेपाल भारतको १२ बुँदे पक्षधरका मित्र रहेका र जनमोर्चाहरु चीन निकट भएर राजनीति गरिरहेकाले यिनीहरुबीचको मिलान धेरै दिनसम्म टिक्कन सक्दैन । त्यसैले जसरी सजिलै माओवादी केन्द्र र नेपालले नयाँ खोल्ने पार्टी एकीकरण हुन्छ भन्ने कुरामा तत्काल विश्वास गर्न सकिने स्थिति भने छैन । निर्वाचनका बेला कार्यगत एकता गर्ने कुरामा भने विश्वास गर्न सकिन्छ ।
अझ डा। बाबुराम भट्टराई र पहिले माओवादीले बनाइदिएको मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव विद्यार्थी कालदेखि नै बामपन्थी छवीका भएकाले नयाँ ढंगले माधव नेपाललाई अध्यक्ष पद नै दिनेगरी बृहत बामपन्थीहरु एक हुनुपर्दछ भनेर भित्र भित्रै योजना बनेको हल्ला गरेर नेपाललाई लोभ्याउन सक्ने भएकाले कताको लोभले नेपाललाई बढी आकर्षित गर्दछ त्यतै तर्फ उनी लाग्ने देखिएको छ । तर उनलाई साथ दिने विदेशी शक्तिले एक्कासी ब्रेक हानी दियो भने नेपाल थचक्क बस्नुको विकल्प छैन ।
दोस्रो पुस्ताका नेता जो जो आज बालकोट पुगे उनीहरु माधवकुमार नेपालसंग सतिजानेबाला भने छैनन् । ओलीले काखी नच्यापे पनि एमाले भित्रै संघर्ष गरेर बस्ने नौ जनाले नै कसम खाएको बुझिएको छ । अष्टलक्ष्मी शाक्यले त बाग्मतीको मूख्य मन्त्रीको पद पाइसक्नु भएको छ अब भीम आचार्यलाई समेत प्रदेश नं। १ को मूख्यमन्त्री बनाएर भएपनि झलनाथ खनाल र भीम आचार्यलाई एउटै तीरले दुई शिकार गर्ने पक्षमा ओली लागेका छन् ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने नेता माधवकुमार नेपाल पार्टी खोल्न निकै अगाडि बढिसकेकाले पार्टीमा फर्किने सम्भावना नभएको बताउनुले कतै नौजनालाई ससम्मान एमालेमा राख्ने र माधवकुमार नेपाललाई एक्ल्याउने रणनीतिमा केपी ओली छन् की भन्न सकिन्छ । यस्तो हो भने माधवकुमार नेपालको राजनीतिक जीवन फेरी जीरोबाट शुरुगर्नु पर्ने हुन्छ । सोमबार दिउँसो बालकोटमा भएको निर्णायक वार्ताले १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएकोले मंगलबार स्थायी कमिटी बैठक बस्ने र त्यसमा असन्तुष्ट सबै नेताहरु सहभागी हुन सहमत भएका छन् । पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रस्ताव बनाउन भीम रावल, इश्वर पोखरेल र विष्णु पौडेललाई दिइएको छ ।
कुरा मिलाउने भीम रावल र ईश्वर पोखरेल एक्ला एक्लै भेट्नु, सुवासचन्द्र नेम्वाङले मध्यस्थता गर्नु जस्ता कार्यले अबको महाधिवेशनपछि नयाँ नेतृत्व चयन गर्ने गरी अगाडी बढ्न सक्ने अवस्था सृजना भएको छ । केपी ओलीले नयाँ नेतृत्व स्थापित गर्न आफूले फिल्ड छोड्न सक्ने सम्भावना रहेकोले दोस्रो पुस्ताबीचमै प्रजातान्त्रिक पक्रियाले महाधिवेशनमा भिड्ने गरी सहमति जुटेको एकथरीले बताउनुले माधव नेपालसँग पछि लाग्नेहरुको संख्या मंगलवारसम्म अझै घट्ने देखिन्छ ।
यसले एमालेको जारी विवाद आंशिक रुपमा भएपनि अन्त्य गर्लाकी भन्ने आशा गरौं । तर माधवकुमार नेपालले यस अघिनै १० बुँदे सम्झौता नमान्ने बताइसकेकाले पूर्ण एकताको सम्भावना भने न्यून छ । माधवकुमार नेपालका लागि यति नै भन्न सकिन्छ, ‘भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाम्न सकिन्न ।’







डिसी नेपाल








Facebook Comment