कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल गरेपछि सहमति भएको हो।
सभापति देउवा र नेता पौडेलबीच क्रियाशील सदस्यको विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिहरुले गरिरहेको रिले अनसन तोडाउने, महाधिवेशनको वातावरण तयार गर्नेलगायतका समझदारी भएको नेता प्रकाशमान सिंहले जानकारी दिए।
देशभरका छ हजार सातसय ४२ वडामा एकैदिन अधिवेशन गर्ने समझ्दारी भएको र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने सहमति भएको नेता सिंहले जानकारी दिए।
जिल्ला सभापतिहरुले निर्वाचन निर्देशीका संशोधन, क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नु पर्ने लगायतका मागहरु राखेका थिए। हाल ४८ जिल्लाको नामावली सार्वजनिक भएको र अरु जिल्लाको केहीदिनमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन् भन्ने विषयमा सहति जुटेको नेता सिंहले बताए।
साथै नेता सिहले अब पाटि भित्र नयाँ उसाह का साथ अधिबेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशन मा केन्द्रीय रहन समेत आग्रहसमेत गरेका छन्।







डिसी नेपाल








Facebook Comment