माधवकुमार नेपाल एकीकृत समाजवादी दलकाे नेता चयन
काठमाडाै। माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामाचयन भएका छन्। आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा एकीकृत समाजवादीसँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment