एमालेले पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदलाई संसद सचिवालयले कारवाही गरेन

डिसी नेपाल
१३ भदौ २०७८ १८:२३
208
Shares

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदमाथि संसद सचिवालयले कारवाही नगर्ने भएको छ । योसँगै नेकपा (एकिकृत समाजवादी) पार्टीका १४ सांसदको पद नजाने भएको छ । ह्वीप उल्लंघनको आरोपमा एमालेले उनीहरुलाई निष्कासनको कारवाही गरेको थियो ।

एमालेले कारवाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारवाही गर्नु नपर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले बतायो । निर्वाचन आयोग नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गर्नुपर्ने अवस्था देखिएन ’, स्रोतले भन्यो ।

यसअघी एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.