नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कात्तिक २८-२९ गते हुने
काठमाडाै। नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीकाे तेश्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८-२९ गते काठमाडौँ उपत्यकामा सम्पन्न गर्ने निर्णय गरेको छ। बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्द नाथ मिश्र, पूर्व सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ।
त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले बताए।
पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा श-शरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए। बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टी संग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गर्नु भयो। पूर्व मन्त्रीसमेत रहेका ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताए।
नेता ढकालले देशका ठूला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गरे। ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे।
बैठकले केन्द्रीय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), श्री पूर्ण प्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ। त्यसै गरि पिस फोर्स को केन्द्रीय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्बेवारी दिएको छ।







डिसी नेपाल








Facebook Comment