सगुनले प्रवासका नेपाली संघ संस्थाहरूसंग सहकार्य गर्ने

डिसी नेपाल
१५ भदौ २०७८ १०:३४

वाशिंगटन डीसी। सामाजिक संजालमा आधारित इ—कमर्स कम्पनी सगुनले प्रवासका नेपाली संघ संस्थासंग सहकार्य गर्ने जनाएको छ। हालसालै सगुनले विश्वव्यापी नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल अन्तक्रिया सम्पन्न गरेको छ। सो वेबिनारमा विश्वव्यापी गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरु, प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

उक्त अवसरमा सगुनका सह संस्थापक कबिन सिटौलाले सगुनले कम्पनीको वृद्धिसँगै विश्वका प्रवासी नेपाली समुदायको पनि सेवा गर्ने उद्देश्यले सगुन फाउन्डेशनको स्थापना गरेको बताए।

सगुन फाउन्डेशनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधिमा सामाजिक संघ संस्थासंग मिलेर काम गर्ने र यसै सिलसिलामा नेपालमा कल्याणकारी परियोजनाहरु संचालन गर्दा सहकार्य गर्ने उद्देश्यले सगुनले हालै गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग एउटा समझदारी पत्रमा हस्ताक्षर भएको कुरा जानकारी गराए।

समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामका लागि प्रवासमा रहेका सबै नेपाली संघसँस्थाहरूसँग सगुनले यस्ता सहकार्य गर्दै जाने नीति लिएको सिटौलाले उक्त अन्तरक्रिया कार्यक्रममा जानकारी गराए।

सगुन फाउन्डेशनका अध्यक्ष तथा सगुनका ग्लोबलका कोअर्डिनेटर सूर्य गुरुङ्गले कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत डायस्पोरामा रहेका नेपाली संघ संस्थालाई र बिश्वका सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले सगुनले १० लाख डलर बराबरको शेयर छुट्याएर सगुन फाउन्डेशनको स्थापना गरेको जानकारी दिए।

अध्यक्ष गुरुङले संसारभर रहेका संघ संस्थालाई बढ्दोक्रममा रहेको सगुन सबै नेपाली समुदायको भएको र अहिलेको अवस्थामा सगुनलाई सबैको साथ चाहिएकोले सहकार्य गर्न आह्वान गरे, पछि सगुनले समुदायको हितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवशरमा सगुनका टेक्निकल प्रोडक्ट कोअर्डिनेटर यूवा सेडाईले सगुनक प्रोडक्टहरूको लाइव डेमो गरेर संस्थाका प्रतिनिधिहरूलाई देखाउनुको साथै नवीनतम फिÞचर्सहरू चाडै बजारमा आउन लागेको जानकारी गराए।

त्यस्तैगरी सगुनका प्रोजेक्ट कोअर्डीनेटर डा.हरि दाहालले सगुनले “सगुन आइडिया ल्याब” विकास गर्ने योजना बनाइएको जानकारी दिए। सगुनजस्ता नवीनतम आइडिया लिएर आउने ब्यक्ति वा संस्थाहरूलाई आफÞनो श्रोतअनुसार भविष्यमा सहयोग र सहकार्य गर्ने कÞुरा ड़ा.दाहालले जानकारी दिए।

सगुनका ग्लोबल फन्ड रेजिंग कोअर्डिनेटर तथा अस्ट्रेलिया कोअर्डिनेटर खेमराज पंगेनीले सगुन प्रगतिपथमा जोडतोडका साथ अगाडि बढिरहेको बताए । पंगेनीले एक्ज्याम्प्लर कम्पनीसँग सहकार्य शुरू गरेको जानकारी गराउदै अब सर्वसाधारणले लगानी गर्न पाउने अवसर बन्द हुन लागेको कुरा सबैलाई प्रकाश पारेका थिए।

उक्त अवसरमा सगुनका वित्तीय विश्लेषक एवम् सगुनका सल्लाहकार बोर्डका अध्यक्ष झकेन्द्र शर्माले सगुनको आर्थिकÞ अवस्था मजÞबुत रहेको जानकारी गराउदै भावी योजनाको बारेमा मार्ग चित्र देखाएका थिए र सहभागीहरुका जिज्ञासाहरूमाथि प्रकाश पारेका थिए।

सन् २०१५ मा औपचारिकरुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु रहेका छन्। सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियोहरू शेयर गर्न सक्छन्।

आफ्ना साथीहरुसँग कुराकानी गर्छन्। सो गर्दा स्मार्ट क्वाइन प्राप्त गर्न सक्छन्। सो ‘स्मार्ट कोइनलाई परिवार र साथीहरुलाई उपहार किन्न खर्च फोनमार्फत नै पठाउन सक्दछन्। सगुन एपलाई गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै निशुल्क डाउनलोड गर्न सकिन्छ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी स्मार्ट क्वोइन आर्जन गरिसकेका छन्। जसमध्ये ५३ करोड ३० लाख स्मार्ट क्वाइनपरिवार तथा साथीहरुलाई उपहार दिने र किनमेल गर्न खर्च गरिसकेका छन्।

हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै शपिंग तथा भ्वाइस स्टोरी फिचरहरु पनि बजारमा आउँदै छन्।

यसैबीच सगुनले अमेरिकामा रेग ए प्लस ‘मिनी आइपिओ’ अन्तर्गत उपलब्ध गराइएका शेयरहरु ३१ अगष्ट २०२१ ९न्यूयोर्क समय मध्यरात १२ बजेसम्म खरिद गर्न सकिने जानकारी गराएको छ।

इच्छुक लगानीकर्ताहरुले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न सक्नेछन्। गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताहरुले सगुनका शेयरहरु किनेका छन्।

रेग ए प्लस ‘मिनी आइपिओ’ स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका लगानीकर्ताहरुले शेयर खरीद गर्न सक्छन्। सगुनले संसारका धेरै मुलुकहरुलाई हालसम्म यो अवसर दिँदै आएको छ ।  लगानीकाे अन्तिम अवसर २०२१ अगष्ट ३१ तारिक मध्यरातिसम्म रहकाे सगुनले जनाएकाे छ ।

नेपाल सरकारको नियमअनुसार नेपालभित्र बसोबास गर्ने नेपालीहरुले शेयर खरिद गर्न नपाएता पनि संसारभरि रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य देशका नागरिकहरूले सगुनको शेयर किन्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *