नेपाली कांग्रेसका एक दर्जन महामन्त्रीका दावेदारमध्ये को को छन् दौडमा अगाडि ?

डिसी नेपाल
१५ भदौ २०७८ २१:३२
3.1k
Shares

निर्वाचनमा उम्मेदवार हुने सबैले जित्ने कुरै आउँदैन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १८ गतेबाट विभिन्न चरणमा शुरु भई मंसिर १३ गतेसम्म चल्ने तय भएको छ । यो महाधिवेशनमा एक दर्जन महामन्त्रीका आकांक्षीहरु उम्मेदवार हुने दौडमा छन् । सबैले कुनै गुटबाट टिकट पाउलान भन्ने पनि छैन । जसले गुटबाट पाउँछन् उसले जतिहाल्छ भन्ने पनि छैन । तर एउटा कुरा सत्य हो १४ महाधिवेशनले दुई महामन्त्रीलाई विजयी बनाउने छ ।

अहिले निर्वाचित महामन्त्री डा शशांक कोइराला र मनोनित महामन्त्री पूर्णबहादुर खड्का रहेका छन् । नेपाली कांग्रेसको संशोधित विधानले १४ औ महाधिवेशनमा दुईजना महामन्त्रीहरु निर्वाचनबाट विजयी भएर आउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । महामन्त्री हुन चाहनेहरुले घोषणा गरेर, मिडियामा अन्तर्वार्ता दिएर आआफ्नो दावी गरिरहेका छन् ।

अहिले निर्वाचित महामन्त्री डा शशांक कोइराला र मनोनित महामन्त्री पूर्णबहादुर खड्का रहेका छन् । नेपाली कांग्रेसको संशोधित विधानले १४ औ महाधिवेशनमा दुईजना महामन्त्रीहरु निर्वाचनबाट विजयी भएर आउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । महामन्त्री हुन चाहनेहरुले घोषणा गरेर, मिडियामा अन्तर्वार्ता दिएर आआफ्नो दावी गरिरहेका छन् ।

सबैभन्दा पहिले सोमबार गगन थापाले आफू महान्त्रीमा उठ्ने घोषणा गरेका छन् । थापाले घोषणा गरेको भोलीपल्टै प्रदीप पौडेलले पनि महान्त्री पदमा दावी गरेका छन् । हुन त दुई जना महामन्त्रीमा उठ्न पाइने भएकोले गुरु थापा र चेला पौडेल दुबैले उठ्न खोज्नुलाई सामान्य रुपमा नै लिनु पर्दछ । तर गहन रुपमा मन्थन गर्ने हो भने पौडेलको उम्मेदवारीको घोषणा गगन थापाको लागि पहिलो गाँसमै ढुङ्गा भएको छ ।

गगन थापाले प्रदीप पौडेलसंग सल्लाह नगरी आफ्नो उम्मेदवारी घोषणा गरेकोले पौडेल विच्किएका पनि हुन सक्दछन् । होइन भने यसपटक उम्मेदवार बन्ने हल्ला गर्ने र अन्त्यमा गएर सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने सोच पनि हुन सक्दछ, पौडेलको ।

थापा र पौडेलकोको उम्मेदावरी घोषणाले १३ औं महाधिवेशनको झझल्को गराएको छ । ज्वाई – ससुरा दुबै महामन्त्रीमा उठेका थिए । अर्थात ज्वाई गगन र ससुरा अर्जुन नरसिंह केसी दुबै महामन्त्रीमा उठे, तर दुबै ढले । ज्वाई—ससुरामध्ये एकमात्र उठेको भए अर्कै सन्देश जाने थियो । १४ महाधिवेशनमा फेरी गुरु–चेला हुन खोज्दैछ । गगन र प्रदीपबीच ज्वाई– ससुराजस्तो परिणाम नआओस ।

शुभेच्छुकहरुले त यति मात्र भन्न सक्दछन्, चेला प्रदीप एक पटक गुरु गगनलाई जिताउन अघि बढ् । बरु सहमाहामन्त्री बन, या अर्को पटकका लागि महामन्त्रीको फिल्ड बनाऊ । गगनले उनी प्रति विद्यार्थी राजनीतिमा गरेको सहयोगलाई यति छिटो नविर्स । हुन त राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुदैन भन्ने गरिन्छ । त्यस्तै हो भने प्रदीपलाई के नै भन्न सकिन्छ र । भीरबाट लडन आटेको को नि केलाई राम राम भन्न सकिन्छ काँध धाम्न सकिन्न भन्थे, गगनले पनि प्रदीपलाई त्यसै गर्नु पर्ने हो त रु उम्मेदारी दिने दिनले नै यसबारेमा थप रणनीति उजागर हुने छ ।

उता शेर बहादुर देउवा खेमाबाट महामन्त्रीमा उम्मेदवारी दिने मध्ये बालकृष्ण खाँड सबैभन्दा हेवीवेट बाला उम्मेदार भनिदैछ । पञ्चायत विरुद्ध आन्दोलनको तयारी गर्नै लाग्दा नेविसंघको केन्द्रिय अध्यक्ष रहेका बालकृष्ण खाँडले वि।सं। २०४५ सालमा बीरगञ्जमा नेपाल विद्यार्थी संघको नेता कार्यकर्ताहरुलाई भेट्दा नेपालको २०४७ सालको क्यालेण्डरमा पञ्चायत रहने छैन भनेका थिए । आखिर त्यस्तै भयो । चैत मासन्त हुनु अघिनै पञ्चायत व्यवस्थाको मृत्यु भएको थियो । अर्थात खाँडको भविष्यबाणी मिलेको थियो ।

नेविसंघमा विभिन्न मितिमा केन्द्रिय अध्यक्ष भएकाहरुकै पालो हो सहमहामन्त्री र महामन्त्री हुने । तर भाइले दाइको पालो मिच्नु भएन । अहिले देउवा खेमाको भनेर चिनिएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा महामन्त्रीको दौडमा छन् । यी मध्ये दुईलाई मात्र उठाउनु पर्ने बाध्यता शेरवहादुर देउवालाई छ ।

बालकृष्ण त पक्का पक्कि नै हुन् । अहिले सहमहामन्त्री रहेका प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकजनालाई चुन्दा भौगोलिक सन्तुलन मिलाउन शेरबहादुर देउवा बाध्य हुनेछन् । यसले पश्चिममा खाँड र पूर्वबाट कार्की नै अन्तिम छनौटमा पर्ने सम्भावना देखिन्छ । तर देउवा पक्षबाटै फुटेर आफू सभापतिमा उठ्ने भनेर चुनाव प्रसार प्रसार गर्ने कार्यालय नै खोलिसकेका बिमलेन्द्र नीतिले आफ्नो पक्षबाट कसलाई महामन्त्रीको उम्मेदवार बनाउँछन् त रु देउवाले च्वाइस गरेर बाँकी रहेकालाई आफ्नो उम्मेदवार बनाउने हुन कि वा उनको कार्यालय उद्घाट्न शत्रमा पुगेका चन्द्र भण्डारी पनि महामन्त्रीकै दावेदार त हुन तर उनको केमेस्ट्री बिमलेन्द्रसंग मिल्दैन । भुतले खाजा खानेबेलामा चन्द्र भण्डारी बिमलेन्द्र निधीको कार्यालय उद्घाटन समारोहमा गए, यसले उनलाई न घरको न घाटको बनाउन सक्ने वा सबैले शंकाको घेरामा राख्न थालेका छन् । जतिसुकै शंका गरेपनि चन्द्रभण्डारी महामन्त्रीमा उम्मेदवारी दिन योग्य उम्मेदवार भने हुन ।

सुशिल कोइराला नजिक देखिएका चन्द्र भण्डारी यसपटक कोइराला खेमाबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि हुन दिने स्थिति छैन । त्यसले गर्दा बाटो क्लियर बनाउन समेत बिमलेन्द्र निधीको कार्यक्रममा आएर अप्रत्यक्ष रुपमा समर्थनको संकेत दिएको अथवा कतै नभए यतै ठीक भनेर मन भित्र भित्रै रणनीति बनाएका हुनसक्छन् । वा कोइराला परिवारका तर्फबाट निधीलाई होस्टेमा हैसे गर्ने पात्र बनाइएको पनि हुन सक्छ, भण्डारीलाई । बिमलेन्द्र निधीले महामन्त्रीमा उठाउन सक्ने अर्को मधेसका नेता पर्सा जिल्लाका नेपाली कांग्रेसका सभापति अजय दुवेदी पनि छन् । आफू सभापतिमा उठने घोषणा गर्दा एकजना पनि महामन्त्रीको उम्मेदारलाई अगाडी सार्न नसक्नु निधीको कमजोरी हो कि बाध्यता हो यो केही दिन पछि नै उजागर हुने नै छ ।

जहाँसम्म रामचन्द्र पौडेल वा कोइराला परिवारका कुनै एक व्यक्ति जस्तो कि डा. शेखर कोइराला सभापतिमा उठ्दा महामन्त्रीमा कोको हुन सक्दछन् त भन्ने पनि बहस गरौं । एकजना त गगन थापा नै शेरख कोइरालाको प्यानेलमा जाने सम्भावना छ । अर्को दावेदार मिनेन्द्र रिजाल पनि स्ट्रोङ्ग उम्मेदवार हुन

जहाँसम्म रामचन्द्र पौडेल वा कोइराला परिवारका कुनै एक व्यक्ति जस्तो कि डा. शेखर कोइराला सभापतिमा उठ्दा महामन्त्रीमा कोको हुन सक्दछन् त भन्ने पनि बहस गरौं । एकजना त गगन थापा नै शेरख कोइरालाको प्यानेलमा जाने सम्भावना छ । अर्को दावेदार मिनेन्द्र रिजाल पनि स्ट्रोङ्ग उम्मेदवार हुन । नेविसंघबाटै राजनीति गर्दै यहाँसम्म आइपुगेका रिजाललाई रामचन्द्र पौडेल खेमाको सबैले महामन्त्रीमा सर्वसम्मत मान्ने देखिन्छ । कोइराला परिवारले विराटनगरमा अरुको उदय हुन नदिनका लागि मिनेन्द्र रिजाललाई उम्मेदवार भएपनि बलिको बोको बनाउँछन् ।

यस्तो बेलामा रिजालले होश पु¥याएर कदम चाल्नु पर्दछ । रामचन्द्र पौडेल जुन ग्रुपमा लाग्दछन् त्यो ग्रुपबाट गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढाइएमा कसैले आश्चर्य नमान्दा हुन्छ । थापा र रिजाल दुबैको उम्मेदवारीलाई अमेरिकाले हरियोबत्ति बाल्ने पक्का पक्कि छ ।
त्यसैले विदेशी सहयता पनि उनीहरुलाई मिल्न सक्दछ । रिजालले त विदेशी पाहुनाहरुसंग कसरी बोल्ने र कसरी बस्ने भन्ने कुरा पनि कांग्रेसीहरुलाई ट्यूशन पढाउने गरेकाले उनलाई त महामन्त्री बनाउनु नै पर्ने देखिन्छ ।

तर जुन खेमाबाट उनी उठ्नुपर्ने बाध्यता त त्यो खेमा उनलाई उम्मेदावार त बनाउने तर जित्न नदिने रणनीतिमा जाने देखिन्छ । यसबारेमा थप विराटनगरको कांग्रेसको राजनीतिको विश्लेषणमा नै भनौला । अहिलेलाई यत्ति हो, साढेको जुधाईमा कोनी कसको मिचाई हुन्छ भनेजस्तै केही महामन्त्रीहरुको दावेदारहरुको चर्चा हुने, उम्मेदवारी पनि हुने तर उम्मेदवारको लागि उम्मेदवार भएको अर्थात डमी उम्मेदवार उठाएको जस्तो पनि हुने उत्तिकै सम्भावना छ । बरु प्रदीप पौडेल, सरिता प्रसाई, अजय दुवेदी, अमरेश सिंह, उमाकान्त चौधरी, एनपी साउद, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले यसपटक सह महामन्त्री मै चित्त बुझाउनु पर्ने देखिएको छ । कसैले सहमहामन्त्री सानो पद लागेको अनुभुति गरेर महामन्त्रीमा उठ्न सक्नु हुन्छ तर त्यो त प्रक्रिया पुर्याउन वा रहर पुर्याउन उठेजस्तो हुने देखिन्छ ।

जहाँसम्म चन्द्र भण्डारीले महामन्त्री वा उपसभापति मध्ये एकमा उम्मेदवारी दिने बताएर आफूलाई उपसभापतिमा कम्फोर्टेबल हुनसक्ने आंकलन गरेको हुन सक्छ ।
यसरी नेपाली कांग्रेसको सभापतिका उम्मेदावरहरुले आफ्नो मात्र कुरा गरेर बसिरहेको देखिन्छ । महामन्त्री हेभीवेटको नहुँदा सभापति पद पनि गुम्न सक्छ भन्ने कुरा विशेष गरेर शेरबहादुर देउवा र डा शेखर कोइरालाले आजैदेखि बुझ्न आवश्यक छ ।

नेपाली कांग्रेसमा महामन्त्री हुनका लागि एक दर्जन उम्मेदवार भएपनि आखिर हुने भनेको गनन थापा, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, प्रकाश शरण महत र ज्ञानेन्द्र बहादुर कार्की मध्ये कै दुई हुन भन्ने कुरा नेपाली कांग्रेस भित्रको अहिलेको माहौलले देखाएको छ । यी प्रतिस्पर्धीमध्ये कसैलाई उपाध्यक्षमा त कसैलाई सहमहामन्त्रीमा सेटलमेन्ट गर्न सके पाइनल उम्मेदारीको सही व्यवस्थापन ठहरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.