अदालतले राजनीतिक अपराध गर्‍याे : गोकुल बास्कोटा

डिसी नेपाल
१६ भदौ २०७८ ७:३२
168
Shares

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक अपराध गरेको आरोप लगाएका छन्। बुधबार डिसी नेपालको प्रस्तुती ‘ द ब्रिज टक शो’ मा अर्जुन दाहालसँग कुरा गर्दै नेता बास्कोटाले अदालतले राजनीति र संवैधानिक अपराध गरेको आरोप लगाएका हुन्।

‘अहिले अदालतले राजनीतिक र संवैधानिक अपराध गरेको छ। अदालतले संविधान संशोधन गरेको छ,’ बास्कोटाले भने, ‘अहिलेका श्री ५ महान्यायाधीश देशलाई राजनीतिक दलदलमा फसाए। सर्वोच्चले संसद पुनः स्थापना गरेर के भयो? आज ४५ दिनसम्म सरकारले पूर्णता पाउन सकेको छैन। हाम्रै सरकारको पालामा ४५ वटा विधेयक थिए। अहिले ती विधेयकमा छलफल नगरी अधिवेशन अन्त्य गरियो।’

उनले अदालतले समस्या समाधान हुन्छ भनेर संसद पुनःस्थापना हुन्छ भनेको उल्लेख गर्दै नेता बास्कोटाले तर त्यसले समस्याको समाधान नभएको जिकिर गरे।

पहिलो पटकको संसद विघटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनबाट रोक्न गरेको जिकिर गरेका बास्कोटाले दोस्रो पटकको विघटन माधव नेपालका कारणले भएको जिकिर गरे।

उनले नेपालको राजनीतिक अस्थिरतामा फसाउने काम प्रचण्ड र माधव नेपालले गरेको आरोप पनि लगाए। ‘बास्कोटाले प्रचण्ड र माधव नेपाल अस्थिरता फैलाउन तल्लीन छन्। उहाँहरु विधि प्रक्रियाको गफ लगाउने तर आफू ती विधि प्रक्रिया सबै मिचेर मण्डलाबाट कारवाही गर्ने? अनि विधि प्रक्रियाको कुरा गर्ने?,’ उनले भने।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.