कांग्रेस महाधिवेशनःसुदूरपश्चिम प्रदेशमा को को छन् जिल्ला सभापतिको आकांक्षी?

सम्भव सिंह ठकुरी
१६ भदौ २०७८ १३:३६
108
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।

यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दाबी बढेको छ त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।

वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ। त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ।

जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।

को को छन् जिल्ला सभापतिको आकांक्षी

९ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश हो। देउवा लगाएत कांग्रेसमा बलियो प्रभाव राख्ने केन्द्रीय नेताहरु एनपी साउद,रमेश लेखक, दिलेन्द्रप्रसाद बडु,बद्री पाण्डे,वीरबहादुर बलायरलगायतको प्रदेश हो।

दार्चुला :  यो जिल्ला पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला हो। बडु कोइराला निकट छन्। उनीनिकट वर्तमान सभापति ललित बोहरा र देउवानिकट जगदीश पालले उम्मेदबार बन्ने सम्भावना बलियो रहेको छ।

बझाङ :  यहाँ वर्तमान सभापति हर्कजंग सिंह पुनः नेतृत्वमा आउने तयारीमा लागेका छन्। उनीसँगै क्षेत्रीय सभापति भक्तराज जोशी, कार्यसमिति सदस्य खड्कबहादुर बोहरा र पुष्कर बोहराले देउवा समूहबाट दावी गरेका छन्।

कोइराला परिवार निकट मानिने जिल्ला उपसभापति ज्ञानबहादुर बोहरा, महाधिवेशन प्रतिनिधिद्वय देवराज जोशी र रमेश भण्डारी पनि सभापतिको आकांक्षी छन्।

अछाम :  यो जिल्लामा देउवा समूहका नेताहरु नै धेरे आकांक्षी देखिएका छन्। जिल्ला सभापति भरत स्वाँरले पुनः उम्मेदवार बन्ने दौडमा रहेका छन्।

उनका साथै महाधिवेशन प्रतिनिधि गणेश विष्ट, पुष्प शाह र महासमिति सदस्य मेघराज खड्काले पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनीहरु सबै देउवा समूहका नेता मानिन्छन्।  सिटौला समूहबाट भने, महासमिति सदस्य राजन कुँवर उम्मेदारी बन्ने दौडमा रहेका छन्।

डडेल्धुरा : कांग्रेस सभापति देउवाको गृहजिल्ला भएकाले यहाँ उनको राम्रो प्रभाव रहेको छ। तर वर्तमान जिल्ला सभापति कर्ण मल्ल भने देउवा निकट मानिदैन्। त्यसैलेपनि डढेल्धुरामा देउवा भर्सेज मल्लनिकटको कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

विधानतःदुई कार्यकाल सभापति बन्न नपाउने व्यवस्था भएपछि मल्लको पुनःउम्मेदारी हुँदैन। त्यसैले मल्ल निकट वर्तमान उपसभापति करुणाकार भट्ट सभापतिको उम्मेदार बन्ने सम्भावना बलियो छ।

देउवा समूहबाट भने सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्दराज बोहरा, पर्शुराम नगरपालिका प्रमुख भीमबहादुर साउद र महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट आकांक्षी छन्।

डोटी : केन्द्रीय सदस्य वीरबहादुर बलायरको गृहजिल्ला भएपनि सोही जिल्लाका नेता तथा प्रदेश सांसद भरत खड्कोपनि राम्रो प्रभाव रहेको छ। वलायर देउवा समूहका हुन्,भने खड्का कोइराला परिवार संग निकट मानिन्छन्।

विगतको अधिवेशनमा देउवा समूहको राम्रो प्रभाव रहेको डोटीमा उही समूहबाट जिल्ला सभापति प्रदीप देउवा पुनःनेतृत्वमा आउन चाहेका छन्। शिखर नगरपालिका प्रमुख सीताराम जोशी, महासमिति सदस्य नरेन्द्र सिंह र भूमिराज बडू तथा महाधिवेशन प्रतिनिधि राम उपाध्यायले पनि देउवा समूहबाट उम्मेदवारीको आकांक्षी छन्। कोइराला परिवारनिकट मानिने लक्ष्मीराज पाठकको र पदमराज जोशीपनि उम्मेदारी बन्ने दौडमा रहेका छन्।

डडेल्धुरा : कांग्रेस सभापति देउवाको गृहजिल्ला भएकाले यहाँ उनको राम्रो प्रभाव रहेको छ। तर वर्तमान जिल्ला सभापति कर्ण मल्ल भने देउवा निकट मानिदैन। त्यसैलेपनि डढेल्धुरामा देउवा भर्सेज मल्लनिकटको कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

विधानतः दुई कार्यकाल सभापति बन्न नपाउने व्यवस्था भएपछि मल्लको पुनःउम्मेदारी हुँदैन। त्यसैले मल्ल निकट वर्तमान उपसभापति करुणाकार भट्ट सभापतिको उम्मेदार बन्ने सम्भावना बलियो छ।

देउवा समूहबाट भने,सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्दराज बोहरा, पर्शुराम नगरपालिका प्रमुख भीमबहादुर साउद र महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट आकांक्षी छन्।

दार्चुला : यो जिल्ला पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला हो। बडू कोइराला निकट छन्। उनीनिकट वर्तमान सभापति ललित बोहरा र देउवानिकट जगदीश पालले उम्मेदबार बन्ने सम्भावना बलियो रहेको छ।

बैतडी : यहाँ देउवा समूहबाट पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्द, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, महाधिवेशन प्रतिनिधि दीपक बमले उम्मेदवारी दिने तयारी गरेका छन्। वर्तमान उपसभापति चतुरबहादुर चन्द, सचिव वीरबहादुर विष्ट र शिवराज भट्टले पनि उम्मेदवारी दिने बताएका छन्। तर,उनीहरुको समूह प्रष्ट भएको छैन।

बाजुरा :  केन्द्रीय सदस्य बद्री पाण्डेको गृह जिल्ला हो। यहाँ वर्तमान जिल्ला सभापति कविराज पण्डित, पदम शाहीले देउवा समूहबाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। पौडेल समूहबाट भने त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावल र सिटौला समूहबाट महासमिति सदस्य जनक गिरीले दावी गरेका छन्।

बैतडी :  यहाँ देउवा समूहबाट पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्द, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, महाधिवेशन प्रतिनिधि दीपक बमले उम्मेदवारी दिने तयारी गरेका छन्। वर्तमान उपसभापति चतुरबहादुर चन्द, सचिव वीरबहादुर विष्ट र शिवराज भट्टले पनि उम्मेदवारी दिने बताएका छन्। तर,उनीहरुको समूह प्रष्ट भएको छैन।

कैलाली :  सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा देउवा समूहको बलियो पकड रहेको छ। २०७० सालको संविधानसभा निर्वाचनमा शेरबहादुर देउवा डढेल्धुरा र कैलालीबाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमापनि देउवा पत्नी डा.आरजु राणा कैलाली ४ बाट उम्मेदारी बनेकी थिइन्।

त्यसैलेपनि देउवा निकट नेताहरुको प्रभाव र आकांक्षी धेरै देखिएका छन्। देउवा समूहबाट सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता रहेका रणबहादुर रावल, क्षेत्रीय सभापति खेम चौधरी, महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिधि गणेश देउवा र नारायणदत्त भट्ट उम्मेदारीको तयारीमा जुटेका छन्।

प्रकाशमान सिंह निकट मानिने आनन्दराज जोशीपनि सभापतिको दौडमा रहेका छन्। जिल्ला उपसभापति प्रकाशबहादुर बम पनि आकांक्षी भएका छन्। तर उनको समूह खुलेको छैन।

कञ्चनपुर : नेता एनपी साउद र रमेश लेखकको गृह जिल्ला भएकालेपनि उनीहको बलियो प्रभाव रहेको छ। यहाँ जिल्ला सभापति हरिप्रसाद बोहरा र महाधिवेशन प्रतिनिधि पदम बोगटी देउवा समूहबाट उम्मेदवार बन्ने तयारीमा छन्। पौडेल समूहबाट भने,महाधिवेशन प्रतिनिधि गोपाल गुरुङले दावी गरेका छन्।

जिल्ला सभापति बन्न चाहिने योग्यता,कसरी चुनिन्छन् नेतृत्व ?

कांग्रेसमा नेतृत्व चयन गर्न क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिलाई सबै अधिकार दिइएको छ। वडामा रहेका क्रियाशील सदस्यमध्येबाट चुनिएका प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्छन्। साथै, केन्द्रीय समितिको नेतृत्व चयनका लागि प्रतिनिधिको समेत चयन गर्छन्।

जिल्ला अधिवेशनले कम्तिमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्लासभापतिको निर्वाचन गर्नेछ। सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको पचास प्रतिशत भन्दा बढी मत ल्याउनु पर्नेछ।

सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशत भन्दा बढी मत नल्याएमा, सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारकाबीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ। तर, पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।

जिल्ला अधिवेशनले कम्तिमा पाँच वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका प्रतिनिधिमध्येबाट जिल्ला कार्यसमितिका लागि उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुईको निर्वाचन गर्नेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *