सभामुख अष्ट्रियामा रहेको बेला पारेर एमसीसी टेबल गर्न संसद अधिवेशन बोलाइएको आशंका

डिसी नेपाल
१९ भदौ २०७८ २३:११
13.3k
Shares

काठमाडौं । सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि सभामुख अग्नी प्रसाद सापकोटा भदौ २० गते अष्ट्रिया जाने भएका छन् । यता शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

दुबै कार्यक्रमलाई तुलना गरेर हेर्दा सभामूख देश बाहिर रहेको बेला संसद अधिवेशनमा एमसीसी टेबल गर्न सहज हुन्छ भन्ने रणनीति अन्तर्गत रहेर हतार हतार भदौ २३ गतेलाई संसद अधिवेशन डाकिएको त हैन भन्ने आशंका पैदा भएको छ ।

सभामुख सापकोटा अष्ट्रियाको राजधानी भियना जान लागेका हुन् । उनी भदौ २० गते बिहान अष्ट्रिया जानेछन् भने भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको संसद् सचिवालयले दुई दिन अघि जनाएको सञ्चारमाध्यममा समाचार आएको छ ।

सभामुख सापकोटा इन्टर पार्लियामेन्टरी युनियनले भियनामा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि त्यसतर्फ जान लागेको बताइएको छ ।

उपसभामुखको निर्वाचन भएको छैन् । सभामुख नभएको बेला संसदको अध्यक्षता गर्ने भनी यस अघिको संसद अधिवेशनमा केही सांसदहरुको नाम पारित गरिएको थियो । ती पारित नाममध्ये एमसीसीका समर्थकहरु पनि रहेका छन् । ती समर्थक सांसदहरु मध्ये कसैलाई संसद सञ्चालन गर्न लगाएर एमसीसी टेबल हुने हो या देशको आवश्यकतालाई हेरेर सभामुख सापकोटाले आफ्नो अष्ट्रिया जाने कार्यक्रम रद्ध गर्ने हुन हेर्न बाँकी छ ।

सभामुखले एमसीसी कुनैपनि हालतमा संसदमा टेबल हुन नदिने बताइरहेको बेला उनलाई अन्यत्र पठाएर नाटकीय ढङ्गले एमसीसी टेबल हुने योजना बन्न सक्छ भनेर यसअघि छिटफुट रुपमा चर्चा चलेको थियो । सिंगो नेकपा माओवादी केन्द्र र सभामुख सापकोटाले योजनाबद्ध रुपमै यो परिपञ्च मिलाएका हुन कि होइन भन्ने कुरा सभामुखको अबको कदमले प्रष्ट्याउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.