उदयपुरको ताप्ली गाउँपालिकामा सर्वसम्मत वडा अधिवेशन
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत ५ वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश ‘ख’ अन्तर्गत पर्ने उक्त स्थानीय तहमा ५ वटै वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएको ताप्ली कांग्रेसले जनाएको छ।
ताप्ली कांग्रेसले जनाए अनुसार, वडा नम्वर १ साविकको ओख्ले गाविसबाट निरज राई, वडा नम्वर २ साविकको लेखगाउँ गाविसबाट महेन्द्र श्रेष्ठ, वडा नम्वर ३ साविकको इनामे गाविसबाट रंगमान तामाङ, वडा नम्बर ४ साविकको ठानागाउँ गाविसबाट ज्ञानेन्द्र ठकुरी र वडा नम्बर ५ साविकको रुपाटार गाविसबाट शान्तिमान अधिकारी चयन भएका छन्।
संघीय संरचना अन्तर्गत पहिलो पटक भएको अधिवेशनमा धेरै यूवाहरु क्षेत्रीय प्रतिनिधिमा चयन भएको र कांग्रेसमा यूवाहरुको आकर्षण बढ्दो भएको ताप्ली कांग्रेसले जनाएको छ।







डिसी नेपाल








Facebook Comment