निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा
फाइल फाेटाे
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।
उक्त रिट सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको हो। गत शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी चढे पनि इजलास बस्न नभ्याएपछि सुनुवाइ हुन पाएन।
ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरेका छन्। सभामुखले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्याएर गरेको निर्णय कानुनविपरीत रहेको जिकिर रिटमा गरिएको छ।
एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ। दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment