उदयपुर कांग्रेस सभापतिमा रोचक प्रतिश्पर्धा, यी हुन् आकांक्षी
काठमाडौं। आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उदयपुरको सभापतिको लागि आधा दर्जन नाम चर्चामा आएको छ। यहाँ पौडेल समूहका तीनजना र देउवा समूहका एकजना आकांक्षी देखिएका छन्।
पौडेल समूहबाट वर्तमान सभापति विदुर बस्नेत, पूर्वसांसद प्रमिला राई र क्षेत्रीय सभापति वसन्त बस्नेतले आकांक्षा व्यक्त गरिसकेका छन्। पूर्वसभापति तथा प्रदेश १ मा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की देउवा समूहबाट उम्मेदवार बन्ने देखिन्छ ।
आकांक्षी जती भएपनि अन्तिम चरणमा वर्तमान सभापति बस्नेत र पूर्व सभापति तथा कार्कीकोमात्र प्रतिस्पर्धा हुने एक कांग्रेस नेताले बताएका छन्।
उदयपुरको ७५ वटा हरुमा अधिकांक्ष वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ। सर्वसम्मत हुननसकेको केही वडाहरुमा पनि आज निर्वाचन भइराखेको उदयपुर कांग्रेसले जनाएको छ।
जिल्लामा ४ वटा नगरपलिका र ४ वटा गाउँपालिका रहेको छ। आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ। त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ। यसलगत्तै असोज १० गते हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व पाउने छ।
उदयपुरमा १० हजारभन्दा धेरै क्रियाशील सदस्य रहेको जिल्ला सचिव मदन कटुवालले बताए । ‘नविकरण भएर ४ हजार ८ सय चौरानब्बे सदस्य र बाँकी सबै नयाँ र केही अन्य जिल्लाको क्रियाशील सदस्य स्थानन्तरण भएको हो,’ उनले भने।
निर्वाचन समितिको संयोजक अधिवक्ता सुशीराज गौतम रहेका छन्। निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक संघ र प्रजातन्त्रवादी प्राध्यापक सघंका सदस्यहरु जुटेका छन्। सबै वडामा प्रतिनिधि तोकिएको छ। जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment