केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान पाएँ
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको “नेपाली कम्युनिस्टको कार्यदिशा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।
“मलाई अस्ति पाँच दलीय गठबन्धनको बैठकमा बढो गम्भिरतापूर्वक सोधियो मैलाई ताकेर । सबै नेताहरूले सोध्नुभयो तपाईले के पाउनुभो केपी ओलीसँग पार्टी एकता गरेर ? मैले छोटोसँग भने ज्ञान प्राप्त गरेर आएँँ । ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन,” उनले भने । प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी गर्दै आफ्नो अनुभवबाट सिक्न आह्वान गरे । “सिक्ने कि गाली गर्ने हो । किन सिध्याइदिने भन्ने हो । कम्युनिस्ट आन्दोलनको अनुभव हो ठिक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने हो । हामीबाट तपाईंहरू केही सिक्नुस्,” उनले भने ।
पेरुका नेता गोञ्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको प्रचण्डले बताए । गोञ्जागोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पहल गरेको तर त्यसको प्रभाव रिहाईको स्तरमा नपुगेको बताए । उनले अहिले संसारमै विचार र राजनीतिको समस्या, नयाँ वैचारिक संश्लेषणको समस्या देखिएको भन्दै विचार र राजनीतिको क्षेत्रमा आजका चुनौतीहरुको सामना गर्नेगरी सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आवश्यक रहेको बताए ।







डिसी नेपाल








Facebook Comment