सर्वदलीय बैठक बस्दै, संसद अवरूद्धका विषयमा सहमति खाेजिने
काठमाडौं । नेकपा एमालेले बारम्बार संसद अवरुद्ध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै छ। सभामुखले संसद अवरुद्धका विषयमा सहमति खोज्न सर्वदलीय बैठक बोलाएको सचिवालयले जनाएको छ।
साेमबार दिउसाे २:३० बजे संसद भवनके लाेत्से हलमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एस) संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेनलाई बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको छ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र जनमोर्चा सत्ता गठबन्धन भित्र रहेका छन् भने नेकपा एमाले प्रमुख प्रतिपक्षी हो। यस्तै, नेमकिपा, राप्रपा र लोसपा पनि प्रतिपक्षीकै बेञ्चमा बस्दै आएका छन्।
प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसदको नाम सभामुखले टाँस नगरेको भन्दै विरोध जनाउँदै आएको छ। उक्त विरोधका कारण भदौ २३ गतेबाट सुरु भएको संसदको ९औँ अधिवेशन अवरुद्ध हुँदै आएको हो।







डिसी नेपाल








Facebook Comment