काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

डिसी नेपाल
३ असोज २०७८ ९:२९
96
Shares

काठमाडाैं । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन्। काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए।

काँग्रेस सङ्खुवासभाका पूर्वपार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वभाविक भएको बताए। पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरे। पूर्वसांसद बीना पौडेलले काँग्रेस सङ्खुवासभाको सभापतिका अरु आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिइन्।

घोषणासभामा काँग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्य, पूर्वमहाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खा, काँग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दिप निरौलालगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.