सत्तारुढ गठबन्धनमा रहेका जसपाले संविधान दिवस बहिष्कार गर्ने

डिसी नेपाल
३ असोज २०७८ ११:३४
56
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनमा रहेका दल जनता समाजवादी पार्टी नेपाल(जसपा) ले संविधान दिवस नमनाउने भएको छ।अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरो,अपुरो,त्रुटीपूर्ण विभेदकारी प्रावधान भएको भन्दै आईतबार मनाइने संविधान दिवसको कार्यक्रममा बहिस्कार गर्ने बताएका छन्।

संविधानमा मधेशी,आदीवासी,जनजाति,दलित,महिला,मुस्लिम,थारु समुदायहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *