क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो : अध्यक्ष ओली

डिसी नेपाल
३ असोज २०७८ १३:५८
464
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो भनेर सरकारलाई प्रश्न गरेका छन्। च्यासल स्थिति तुलसीलाल अमात्यको स्मृति भवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले विकासको मुल आधार यातायात कटौति गरी क्यासिनोलाई कर छुट दिनु हास्यास्पद भएको बताए।

उनले भने, ‘विकासको पहिलो पूर्वाधार सडक संजाल हो। सडकसञ्जाल कटौति गरेर क्यासिनोलाई कर छुटदिने रे। यो क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो। अर्को कुरा लगानी गरेको पैसाको स्रोत खोल्नु पर्दैन रे। कस्को लगानीहो त्यो स्रोत खोल्नु नपर्ने।’

उनले सरकारले अहिले गरेको कुनै पनि काममा संविधानले भनेको समाजवादमा पुग्ने लक्षण नभएको बताएका छन्। ‘यसरी गयो भने कसरी पुगिन्छ समाजवादसम्म।’

संविधान जारी गर्दाताका आफूलाई भौतिक आक्रमण गर्न खोजिएको र संविधान बनेपछि नाकाबन्दीका डटेर सामना गरेको ओलीले स्मरण गरे। उनले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यौ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *