दैलेखका जनमोर्चा नेता एमालेमा

डिसी नेपाल
३ असोज २०७८ २२:५२
96
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराएका हुन्।

प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *