प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

डिसी नेपाल
४ असोज २०७८ ६:५८
524
Shares

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सोमबार विहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

संघीय संसद सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक माथिको छलफल र जवाफलाई सम्भवित कार्यसूचीमा राखिएको सचिवालयले जनाएको छ।

गत भदौ २३ गतेबाट सुरु भएको संसदको अधिवेशन नेकपा एकालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको छ। आज पनि नेकपा एमालले आफ्नो माग पुरा गराउने उद्देश्यले संसद अवरोध गर्ने संकेत गरेको छ।

यसअघि, भदौ २९ गते बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक माथिको छलफलमा प्रवेश गरेर आजसम्मको लागि स्थगित भएको थियो। संसद २९ गते स्थगित भएर बजेट पास हुन नसकेपछि अहिले देशमा बजेट होलि डे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *