राष्ट्रियसभामा सभामुख सापकोटाको राजीनामा माग

डिसी नेपाल
५ असोज २०७८ १४:५८
124
Shares

काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटाको राष्ट्रियसभामा राजीनामाको माग भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा माग गरेका हुन्।

मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमाले सांसद श्रेष्ठले सभामुखले पदीय मर्यादा कायम गर्न नसकेको र पूर्वाग्राही भएको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन् ।

एमालेबाट कारबाही भएका १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना सार्वजानिक नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको एमालेको आरोप छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *