“नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो”

डिसी नेपाल
५ असोज २०७८ २३:१४
712
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गरेका छन्।

उनले सामाजिक सञ्‍जाल ट्विटरमार्फत नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्। बास्कोटाले कांग्रेसको पुच्छर बन्‍ने पार्टी समाजवादी हुन नसक्ने र त्यस्तो पार्टी नक्कली हुने तर्क गरेका छन्।

उनले लेखेका छन्, ‘जुन गोरुको सिंग छैन, त्यसको नाम तिखेरुजसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत? जो कांग्रेसको पुच्छर बनेको छ,त्यो समाजवादी? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु? ह्या एस !’

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *