देउवाले खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि असन्तुष्ट पौडेल पक्षको आकस्मिक बैठक

डिसी नेपाल
६ असोज २०७८ ११:११
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी मन्त्रीहरु छानेको भन्दै पौडेल पक्ष असन्तुष्ट देखिएको छ। आज दिउसो ३ बजे प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बोलाएपछि आन्तरिक रणनीतिका लागि पौडेलपक्ष पनि बैठक बस्ने भएको छ।

पौडेलपक्षले दिउसो १ बजे महामन्त्री शशांक कोइरालाको घरमा बैठक बोलाएको छ। मंगलबार देउवाले परराष्ट्र मन्त्रालयका लागि डा. नारायण खड्का छनोट गरेपछि पौडेलपक्षमा असन्तुष्टि पैदा भएको हो।

सभापति देउवाले यसअघि नै आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि पौडेलसमूह असन्तुष्ट भएको थियो। पौडेल पक्षबाट परराष्ट्रका लागि सुजाता कोइराला र डा. मिनेन्द्र रिजालले दाबी गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *