नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्काले लिए सपथ
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री डा. खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।
राष्ट्रसंघको ७६औँ महासभामा भाग लिनका लागि डा. खड्का आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसबाट खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ। पौडेल पक्षले सभापति देउवाले एकलौटी रुपमा मन्त्रीमा नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment