राष्ट्रहितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा परराष्ट्र नीति बनाउँछु : परराष्ट्रमन्त्री डा. खड्का

डिसी नेपाल
६ असोज २०७८ १४:४३
88
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन्। उनले पदभार ग्रहण गर्दै आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको बताए।

पदभार ग्रहण गर्दै मन्त्री डा. खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति बनाउने पनि बताए । उनले राष्ट्रसंघको महासभा कूटनीतिक सम्बन्ध विस्तारको अवसर भएको पनि बताएका छन्।

उनले आफू अमेरिकाबाट फर्केपछि राजदूत नियुक्ति गर्ने बताएका छन्। एमसीसीको बारेमा सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ध्यानमा राखेर अघि बढ्ने उनको भनाइ छ।

मंगलबार सत्तारुढ गठबन्धनले डा. खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो। यस्तै आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.