एकीकृत समाजवादीले भोलि महासचिव चयन गर्ने

डिसी नेपाल
६ असोज २०७८ १७:१९
228
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिव चयन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा प्रवेश पाएको छ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । । बिहीबारको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो पनि टुंगो लगाउने तयारी छ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.