भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।
सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले उनको राजीनामासमेत मागिरहेको छ ।
यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment