नेकपा (एस)को महासचिवमा बेदुराम भुसाल
काठमाडौं। माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिवको जिम्मेवारी डा.बेदुराम भुसालले पाएका छन् ।बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिव बनाउने सहमति भएको एक केन्द्रीय सदस्यले बताएका छन्।
महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, डा.विजय पौडेल लगायतका आकांक्षी थिए त्यस्तै,अन्य पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष ७ जना र सचिवपनि ७ जना हुनेछन् । उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एकमा रामकुमारी झाँक्री पनि रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment